Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा ५१ हजार बढीलाई हात्तीपाइलेको औषधि खुवाइने

hattipaile

बुद्धशान्ति । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ५१ हजार बढी नागरिकलाई हात्तीपाइलेको औषधि खुवाउने भएको छ । आउँदो फागुन ११ गतेदेखि हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाइँदैछ ।
बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी, महिला स्वयंम्सेविका, स्वास्थ्यकर्मी र सातवटै वडाका जनप्रतिनिधि, सञ्चारकर्मी सहितको टोलीलाई हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर तयारी गरेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन यादवले बताएका छन् ।


यस अभियानमा बुद्धशान्तिका ७ वटै वडाका ५१ हजार ४ सय ३९ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाईनेछ । जस अन्र्तगत १ नम्बर वडामा १० हजार ८३ जना, वडा २ मा ८ हजार ८ सय ८७ जना, वडा ३ मा ११ हजार ८ सय ८३ जना, वडा ४ मा ११ हजार ३ सय ६२ जना, वडा ५ मा ३ हजार ९ सय १३ जना, वडा ६ मा ३ हजार १ सय १० जना र वडा ७ मा २ हजार २ सय १ जना लक्षित जनसंख्यालाई औषधि खुवाइने बताइएको छ ।

EPIC EPIC EPIC


यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खुवाउन २ सय ५० जना स्वास्थ्यकर्मी, र २ सय ५० जना महिला स्वास्थ्य स्वयंम्सेविका खटाउने तयारी गरेको जनाएको छ । फागुन ११ गते पहिलो दिन वडा कार्यालय तथा केन्द्रमा खुवाउने र २५ गतेसम्म कार्यविभाजन अनुसार विद्यालय, प्रत्येक वडाका केन्द्र तथा घरभेट कार्यक्रम गरी खुवाउने बताइएको छ ।
बुद्धशान्ति गाउँपालिका पनि हात्तीपाइले रोगको सम्भावित क्षेत्र रहेको क्षेत्र हो । फाइलेरिया नामक परजिवी क्यूलेक्स पोथि लामखुट्टेले टोकेर सर्ने भएकाले अहिले सरेको किटाणुले २० बर्ष पछि असर देखाउने हुँदा समयमै सचेत रहन आग्रह समेत गरिएको छ ।


औषधी खाएपछि यस्तो लक्षण देखिन सक्छ
औषधि खाएकामध्ये कसैलाई शरीरमा हात्तीपाइलेको परजिवी भएमा टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाक आउने, वान्ता हुने, पेट दुख्नेजस्ता सामान्य असर हुन सक्ने चिकित्सकको भनाइ छ । ती असरहरु केही दिनपछि आफैँ ठीक हुनेछन् । हात्तीपाइलेको जिवाणु दिउँसो फोक्सोमा र रातिको समय रगतमा देखा पर्ने चिकित्सक बताउँछन् ।


कसले खानु हुँदैन ?
हात्तीपाईले रोग औषधी ५ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् । यस रोगको औषधी गर्भवति महिला, सिकिस्त विरामी, मुटु रोगी, क्यान्सरका विरामी, मृगौला रोगी, छारेरोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई खुवाउनु नहुने बताइएको छ ।


यस्ता छन् लक्षणहरु
स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार,–ज्वरो आउनु र शरीरमा कम्पन हुनु, रक्तनली सुनिनु, पुरुषका अण्डकोष वरपर नसा फुल्नु, महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु, पिसाब सेतो हुनु आदि सो रोगको लक्षण हो । तर पनि मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नपर्ने उनको भनाई छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *