बुद्धशान्ति आइसोलेसन झापा जिल्लाकै नमूना

छोटकरीमा समाचार :

  • झापा जिल्लाका सबै पालिकाहरुले आइसोलेसन सेन्टर तयार गरेका छन् ।
  • धेरै आइसोेलेसन सेन्टरहरु नाम मात्रका रहेका छन् ।
  • सबैभन्दा नमूना बुद्धशान्ति गाउँपालिकाको रहेको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले बताए ।

पुरा पढ्नुहोस् :

EPIC EPIC EPIC

झापा । कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै झापामा कोरोना संक्रमितहरुको सँख्या बढ्दै गयो । संक्रमित बढ्दै गएपछि झापा जिल्लाका सबै पालिकाहरुले आइसोलेसन सेन्टर तयार गरेका छन् । तर ,धेरै आइसोेलेसन सेन्टरहरु नाम मात्रका रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामै सबैभन्दा नमूनायुक्त आइसोलेसन सेन्टर बुद्धशान्ति गाउँपालिकाले तयार गरेको छ । जिल्लाका १५ वटै पालिकाले तयार गरेको आइसोलेसन सेन्टरको अनुगमन गर्दा सबैभन्दा नमूना बुद्धशान्ति गाउँपालिकाको रहेको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले बताए ।

बाह्रदशी गाउँपालिकाको आइसोलेसन सेन्टर वडा नं १ को जेष्ठ नागरिक भवनमा निर्माण गरिएको छ । २० बेडको त्यस आइसोलेसन सेन्टरमा कोही नगएपछि त्यसलाई ताला लगाएर राख्ने गरिएको बताईएको छ । आइसोलेसन सेन्टरमा कोही नआएपछि त्यसलाई ताला लगाएर राखिएको एक जनप्रतिनिधिले बताए ।

त्यस्तै कमल गाउँपालिकाको आइसोलेसन सेन्टर व्यवस्थित नरहेको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले बताए । उनले भर्खरै कचनकवल गाउँपालिकाले आइसोलेसन सेन्टर तयार गरेको जानकारी दिए ।

त्यस्तै अर्जुनधारा , बिर्तामोड , गौरादह, भद्रपुर ,मेचीनगर , दमकलगायतका स्थानमा रहेको आइसोलेसन सेन्टर राम्रै रहेको उनले जानकारी दिए । होम आइसोलेसनमा बस्न अप्ठ्यारो हुनेका लागि सम्बन्धित पालिकाहरुले आइसोलेसन सेन्टर तयार गरेका हुन् । तर सुत्नेबाहेक अन्य कुनै सुविधा नभएपछि संक्रमितहरु आइसोलेसन सेन्टर नगई घरघरमै बस्ने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *