बुधबारे(पालिका सन्देश) । बुद्धशान्ति उद्योग बाणिज्य संघको अध्यक्षमा दिपक सापकोटा चयन भएका छन् । आगामी ३ बर्षे कार्यकालका लागी सापकोटा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यस्तै संघको उद्योग उपाध्यक्षमा दुर्गा कुईंकेल, बाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मीप्रसाद उप्रेती, उद्योेग सचिवमा हेमन्तराज बराल, बाणिज्य सचिवमा ज्ञानु थापा, कोषाध्यक्षमा ओमप्रकाश बाँस्तोला सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै महिला सदस्यमा ललिता गौतम र टिकादेवी चौलागाईं सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाले बताएका छन् ।
अन्य चार जना खुल्ला सदस्यमा भने पाँच जनाको उम्मेद्वारी परेकाले सोमबार निर्वाचन गरिएको थियो । जसमा खुल्ला सदस्यमा रामलाल कोईराला, मदन कुमार भट्टराई, चन्द्र कुमार कटुवाल र श्रीलाल रसाइली विजयी भएका छन् । उनीहरुले क्रमश ः३१३ मत, २९४ मत, २८५ मत, २६४ मत प्राप्त गर्दै विजयी भए भने अर्का उम्मेद्वार मनोरथ तिवारीले भने १७९ मत मात्र प्राप्त गरी पराजित भएका छन् ।
कुल ४सय ८४ मत रहेको बुद्धशान्ति उद्योग बाणिज्यसंघको निर्वाचनमा जम्मा ४ सय ९ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।