बुद्धशान्ति गाउँपालिका एकसातालाई सिल

तीर्थ तिम्सिना, बुद्धशान्ति – समुदायस्तरमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ ।

सोमबार गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखी लागुहुने गरि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

EPIC EPIC EPIC

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भुजेलले बताए ।

कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सिल गरिएको बताउँदैै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *