Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाको चाडपर्व लक्षित अन्तरकृया :महोत्सवलाई अनुमति नदिने, बजार अनुगमनलाई तिव्रता

बुद्धशान्ति(पालिका सन्देश ) । नजिकिँदै गरेको चार्डवाडलाई मध्यनजर गर्दै बुद्धशान्ति गाउँपालिकाले गाउँपालिका अन्र्तरगत रहेका सरोकारवाला पक्षहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको थियो । नजिकिँदै गरेको बडा दशैँ, शुभ दिपावली तथा छठ लगायत चाडपर्वलाई कसरी व्यवस्थित , मर्यादित र शान्तिपूर्ण तवरबाट बुद्धशान्तिमा सम्पन्न गराउने विषयमाथी सम्बन्धित सरोकारवाला पक्ष, सर्वदलीय ,सर्वपक्षीय भेलामार्फत छलफल गरिएको छ।

EPIC

बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , प्रतिनिधिमुलक संघसंस्थाका प्रमुख , ईलाका प्रहरी कार्यालय ,सशस्त्र प्रहरी बेस क्याम्प टिमाई ,सामुदायिक प्रहरी बुद्धशान्ति , ट्राफिक प्रहरी बुद्धशान्ति, बुद्धशान्ति उद्योग वाणिज्य संघ , बजार ब्यवस्थापन समिति, उपभोक्ता हित संरक्षण मन्च ,बुधबारे जेसीज, आदर्श युवा क्लबका प्रमुख, गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा , प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडाका वडाध्यक्ष , गाउँकार्यपालिका सदस्यहरु, संचारकर्मीहरुसहित व्यापक अन्तरक्रिया सम्पन्न भएको हो।

बिशेषगरि चाडपर्वको समय बजार अनुगमन लाई चुस्त बनाइने, जुवातास, डाइस, मादक पदार्थ तथा लागु पदार्थ सेवन, चोरी डकैती , सवारी साधनमा क्षमता भन्दा बढी यात्रु, होहल्ला, रात्रीकालिन प्रहरी गस्ती लगायत विविध विषयमा छलफल भएको थियो ।

सम्पुर्णको साझा छलफल र निष्कर्ष बाट बुद्धशान्तिका मुख्य बजार क्षेत्रमा बजार अनुगमन लाई तीब्रता दिई कैफियत देखिएमा उपभोक्ता संरक्षण ऐन र गाउँपालिका बजार अनुगमन निर्देशिका बमोजिम कार्वाही गरिने, चाडपर्वको समय अवधिभर विशेष गरि होटल ब्यवसाय रातको ९ः ३० बजे बन्द गराइने र बुद्धशान्तिमा शान्ति सुरक्षा लाई मध्यनजर गरि रात्रिकालिन मेला, महोत्सव लाई अनुमति नदिइने विषयमा साझा निर्णय भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *