बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकाको तेह्रौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा गाउँसभा बसेको हो ।

गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम १३ औं गाउँ अधिवेशन सञ्चालन गरिएको जनाइएको छ ।
सभामा प्रमुख प्रसाशकीय अधिकृत बिनोद पोखरेले सचिवको भूमिका निर्वाह गरेका थिए । गाउँ सभामा उपाध्यक्ष भवानी खतिवडा, वडा नं १ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले सभामा समसामयिक बिषयमा गाउँसभाका सदस्यहरूले उठाएका विषयहरुमाथी सहजीकरण गरेका थिए ।

सभामा वडा नं ३ का वडा सदस्य तिलनाराण रिजाल, वडा नं ६ की वडा सदस्य प्रमिला परियार, वडा नं १ का वडा सदस्य लक्ष्मी प्रसाद कँडेल लगायतले आफ्नो जिज्ञाशा राखेका थिए । जसको सहजीकरण सभाध्यक्ष प्रसाईं, उपाध्यक्ष खतिवडा, वडाध्यक्ष वाग्ले तथा अधिकृत पोखरेलले पालैपालो सहजीकरण गरेका थिए ।
सभामा सातै वटा वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सभामा संशोधन तथा अनुमोदनका लागि पेश भएका वजेटलाई समेत पारित गरिएको थियो ।