Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले चौधौँ गाउँसभा अधिबेशनमा आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष भवानी प्रसाद खतिवडा, प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल, सात वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

EPIC

गाउँपालिका अध्यक्ष प्रसाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाले कृषि, पर्यटन र सडक कालो पत्रे गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले केही महत्वपूर्ण योजना अघि सारेको छ । कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई कृषि एम्बुलेन्स सञ्चालनमा ल्याई कृषि उपजको बजारीकरणमा सहजीकरण गर्ने योजना बनाएको छ । साप्ताहिक हाट लाग्ने बजारलाई थप व्यवस्थित गर्नेछ ।

त्यस्तै स्वास्थ्य सेवालाई सर्वसुलभ र जनमैत्री बनाउन गाउँपालिकाबाट ञ्चालित भागरथा बुद्धशान्ति अस्पताललाई थप व्यवस्थित गर्दै सुदृण र विस्तारित गर्दै लैजाने नीति समेत प्रस्तुत गरिएको थियो ।

त्यस्तै गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा बिकास गर्न आवश्यक व्यवस्था गर्ने , पालिकालाई बालश्रममुक्त क्षेत्र बनाइने नीति अध्यक्ष प्रसाईंले प्रस्तुत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *