Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले कृषकहरुलाई व्यावसायिक कृषि तर्फ आकर्षित गराउनको लागि आधुनिक कृषि सामाग्री वितरण गरेको छ ।

बुद्धशान्ति गाउँपालिका कृषि विकास शाखा मार्फत कृषकहरूलाई कृषि सामग्री वितरण गरेको हो । चालु आर्थिक वर्ष ८०÷८१ मा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत प्राप्त २० लाख बजेट मार्फ कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कुल ४० लाख बराबरका सामाग्री वितरण गरिएको हो ।

EPIC

कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताए ।

कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानहरूलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । पालिकाले बितरण गरेको कृषि सामाग्रीहरु लगेर कोहि कसैले पनि दुरुप्रयोग नगर्न आग्रह गर्दै, अनुगमनका क्रममा बितरण गरिएको सामाग्री कोहि कसैले दुरुप्रयोग गरेको थाहा पाइएमा कारवाही गरिने बुद्धशान्ति गाउँपालिका वडा नं १ अध्यक्ष साथै आर्थिक विकास समितिका संयोजक अनिल वाग्लेले बताए ।

गाउँपालिका वाट कृषकहरुलाई आवेदन माग गरिए अनसार परेका निवेदन मध्ये वाट छनौटमा परेका कृषकहरू लाई अनुदान सहुलियतमा मिनिटिलर २६ थान ÷ कम्वाइन मिल २८ थान मकै छोडाउने मेसिन १६ थान÷ साथै मरिच टिप्ने भर्याङ २३ थान सामग्री हस्तान्तरण गरिएको कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेलले बताए।

बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल, कृषि बिकाश शाखा प्राविधिक कृष्ण प्रसाद ढुङगेल, पशुपन्छि विकास शाखा प्रमुख कैलाश सिंह लगायतको उपस्थितिमा मंगलबार कृषकहरूलाई उक्त सामान हस्तान्तरण गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *