बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकामा निर्माणाधीन प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ। ०८० असोज महिनाबाट सुरु गरिएको भवन निर्माण कार्य ०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको छ।

उक्त भवन निर्माणको जिम्मा श्री जन आदर्श निर्माण सेवा, काभ्रेले लिएको हो। ६ करोड ३६ लाख २१ हजार ६९६ रुपैयाँ ९५ पैसाको लागतमा सम्झौता भएको यो परियोजनामा, यदि भुक्तानीमा कुनै अवरोध नआए, तोकिएको समयमै काम सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि गणेश बुढाथोकीले जानकारी दिए। उनका अनुसार भवनको आरसीसी संरचना निर्माण पूरा भइसकेको छ भने तेस्रो तलाको वाल प्लास्टरसमेत सम्पन्न भइसकेको छ। हाल फेस वाल निर्माणको काम अघि बढिरहेको छ। यद्यपि, कुनै प्राविधिक अवरोध उत्पन्न भए, आवश्यकतानुसार थोरै समय थप गर्न सकिने निर्माण पक्षले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाले हालका लागि आफ्नो प्रशासनिक कामकाज तत्कालीन बुधबारे गाविसको भवनबाट सञ्चालन गर्दै आएको छ। प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिएअनुसार गाउँपालिकाभित्रका सबै सात वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेका छन्। तर, कृषि, प्राविधिक, आयुर्वेद, अमिन तथा प्रधानमन्त्री स्वरोजगार शाखाहरू हाल भाडामा सञ्चालन गर्नुपरेको छ।

प्रवक्ता वाग्लेका अनुसार, हालसम्म प्रशासनिक भवन निर्माणको करिब ७० प्रतिशत काम पूरा भइसकेको छ। निर्माण कार्य सम्पन्न भइसकेपछि, हाल भाडामा सञ्चालन भइरहेका शाखाहरू नयाँ प्रशासनिक भवनभित्रै स्थानान्तरण गरिनेछ। सुविधा सम्पन्न यो भवनबाट नागरिकहरूलाई सेवा लिन झनै सहज हुने उनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *