Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप हुने

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण अर्यालले जानकारी दिएका छन् ।

EPIC

यसैबिच आयोजकले लक्कीड्र मार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेलमा असोज १७ गते आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । सोही दिन पहिलो चरणका ३ खेल हुनेछ । जस अन्र्तगत आयोजक बुद्धशान्ति प्रेस क्लबले अर्जुनधारा प्रेस क्लबसंग, कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसंग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसंग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै लक्कीड्र मार्फत सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले जानकारी दिएका छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने प्रेस क्लबका निवर्तमा अध्यक्ष आयाुस निरौलाले बताएका छन् । पत्रकार सम्मेलनमा क्लबका पूर्व सचिव दिपेन लावती, क्लबका पदाधिकारी तथा झापाली सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *