बुद्धशान्ति प्रेस क्लबमा नयाँ सदस्यहरुलाई स्वागत र प्रशिक्षण

असार १५,बुद्धशान्ति । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धि प्रशिक्षण दिएको छ ।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं -१ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुराहरु देखि लिएर प्रविधिमा पत्रकारले कसरी फड्को मार्न सकिन्छ ?, भन्ने विषयमा प्रशिक्षण गराएका थिए । यसका साथै पत्रकारिता आचारसंहिता, खोज पत्रकारिताका बारेमा समेत प्रशिक्षण गराएका थिए । सोही अवसरका असार १५ अर्थात दही चिउरा खाने दिन भएकाले उपस्थित सम्पूर्णलाई दही चिउरा कार्यक्रममा समेत सामेल गराइको थियो ।

EPIC EPIC EPIC

दही चिउरा कार्यक्रम

कार्यक्रममा क्लबका सल्लाहकार गंगाराम गड्तौला, टंक काफ्ले बिकल्प, भुवन तामाङ, संस्थापक सचिव दिपेन लावती लगायतको आतिथ्यता रहेको थियो । नयाँ सदस्यलाई स्वागत गर्दै प्रमुख अतिथि वाग्लेले पत्रकारिता क्षेत्रमा आउने सदस्यहरुलाई शुभकामना दिएका थिए । उनले खोज पत्रकारीतामा जोड दिन आग्रह समेत गरेका छन् । उनले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिबृद्धि तथा तालिम सञ्चालनका लागि आँफूले सक्दो सहयोग गर्ने बताए ।

२०७६ सालमा स्थापना भएको बुद्धशान्ति प्रेस क्लबले स्थानीय पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका तालिमका साथै उद्घोषण, व्यक्तित्व बिकास तालिम, आधारभूत पत्रकारीता तालिम समय समयमा सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष तिम्सिनाले बताए । उनले आगामी दिनमा पत्रकारहरुका लागि भिन्न किसिमको तालिमको आयोजना गर्ने समेत बताएका छन् ।

संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नाराय अर्यालले स्वागत गरेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च