बुधबारे (पालिका सन्देश )। बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था बुधबारेले मोबाइल वैंकिङ सेवा सुरु गरेको छ । संस्थाले छैटौं बाषिक साधारणसभाको अवसर पारेर मोबाइल वैंकिङ सेवा सुरु गरेको हो । सदस्यले मोवाईल बैङकिङबाटै एक खाताबाट अर्को खातामा रकम ट्रान्सर्फर गर्न मिल्ने सुविधा सुरु गरेको बताईएको छ ।
संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालको सभापतित्व तथा बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
२०७३ सालमा २८ जना सेयर सदस्यबाट सुरु भएको सहकारी हाल ८८४ जना सेयर सदस्य बनाउन सफल भएको छ । छोटो समयमा आफ्नो छुट्टै परिचय दिन सफल भएको यस सहकारीले साधारणसभाकै अवसरमा ज्येष्ठ नागरिक, समाजसेवी, असल सदस्य, असल ऋणी लगायतलाई दोसल्ला, सम्मानपत्र तथा नगदले सम्मान गरेको संस्थाका सचिव चन्द्र अधिकारीले बताएका छन् ।



















