बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले आँखा शिविरको आयोजना गरेको छ ।
रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना तथा बुद्धशान्ति गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरमा २६५ जनाले आँखा रोग सम्बन्धी परामर्श लिनुभएको छ ।

जस मध्ये १३ जनालाई मोतियाबिन्दु अपरेसनको लागि रेफर गरिएको र ८५ जनालाई सशुल्क चस्मा वितरण गरिएको थियो। आँखा जाँच गर्ने सबै बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको थियो।
रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका सभापति पुष्पराज भट्टराईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडाध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा रेडक्रसका प्रतिनिधि, वडाका प्रतिनिधि र आँखा अस्पतालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव टंक निरौलाले गर्नु भएको थियो।