बुद्धशान्ति वडास्तरीय भलिबल : वडा नं २ फाइनलमा

शान्तिनगर , माघ २५ । बुद्धशान्ति वडा नम्बर २ झापाको बुद्धशान्तिमा आज देखि सुरु दोस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरिय नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति १ लाई २/१ को सेटले पराजित गर्दै बाई पाएर सोझै सेमिफानल खेलेको वडा नम्बर २ ले फाइनलमा स्थान बनाएको हो । पहिलो सेट १४/२५ ले गुमाउनु पुगेको वडा नम्बर २ ले दोस्रो २५/१९ ले र निर्णायक सेट १५/११ ले जित्न पुग्यो । अब उस्ले भोलि शनिबार हुने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ को बिजेता सङ्ग फाइनल खेल खेल्नेछ ।

EPIC EPIC EPIC

साथै आज भएको उद्घाटन खेलमा वडा नम्बर ३ ले २५/८ र २५/१७ को सोझो सेटले बुद्धशान्ति ७ लाई पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसैगरी दोस्रो खेलमा बुद्धशान्ति १ ले ६ लाई २५/१६, २०/२५ र १५/१३ ले र वडा ४ ले बुद्धशान्ति ५ लाई २५/११ र २५/१७ को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको संयोजन तथा वाड नम्बर ६ को खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद समिति संयोजक अशोक लाखेले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन भईरहेको प्रतियोगिताले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न पालिकाले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङले बताए ।

त्यस्तै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । वडा खेलकुद बिकास समितिका अध्यक्ष अशोक लाखेको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा बुद्धशान्तिका सबै वडाध्यक्ष, स्थानीय सामाजिक ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण अर्जुन अधिकारिले गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *