Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति वडा १ झापा मिडिया कप २०८१ को किट पार्टनरमा जोया ब्राण्ड

बुधबारे । बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने बुद्धशान्ति वडा १ झापा मिडिया कप २०८१ को प्रतियोगितामा किट पार्टनरका रुपमा बिर्तामोडको जोया ब्राण्ड रहेको छ ।

आज एक कार्यक्रमका बिच जोया ब्राण्डका तर्फबाट संचालक प्रेम कृष्ण श्रेष्ठ र बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष नारायाण अर्याल बिच सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्झौता गरिएको हो । सम्झौता पत्रमा भए अनुरुप प्रेस क्लबलाई चाहिने जर्सी लगायतका अन्य खेल सामग्री जोया ब्राण्डले हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

EPIC

पछिल्लो समय विदेशी ब्राण्डका जर्सीहरुलाई विस्थापित गर्दै जोया ब्राण्डले नेपालमै उत्पादन गरेको जर्सीहरु प्रयोग भइरहेको सञ्चालक प्रेम कृष्ण श्रेष्ठले बताएका छन् । नेपालस् स्पोर्टस् क्लोथिङ -nepal sports cloting _ब्राण्डको चिनारीका रुपमा विदेशी ब्राण्डहरुलाई विस्थापित गर्दै जर्सी, टि सर्ट, टयाक सुट लगायत विभिन्न कपडाहरु विर्तामोडमै उत्पादन गरि पूर्वी नेपाल लगायत देशका विभिन्न स्थानहरुमा विक्री गरिरहेको छ ।

आगामी असोज १७ र १८ गते हुने प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *