बुद्धशान्ति स्वागत गर्दै बुधबारे जेसीज

बुधबारे (पालिका सन्देश)- बुधबारे जेसीजले बुद्धशान्ति प्रवेश गर्ने सिमानामा रहेको विरीङ खोलाको पुलमा स्वागत बोर्ड राखेको छ । मंगलबार अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा एक कार्यक्रमको आयोजना गर्दै स्वागत बोर्ड राखिएको हो ।

बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा सदस्य शेखर भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू अतुल प्रसाई, सेमन्त पोख्रेल, रमेश बराल, प्रकाश भण्डारी, नन्दकुमार याफु राई, मानार्थ सदस्य दीपेन सिटौला लगायत जेसीजका पदाधिकारीको सहभागिता रहेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

अध्यक्ष भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन महासचिव अर्जुन ढकालले गरेका थिए । हरेक नागरिकलाई बुद्धशान्ति गाउँपालिका प्रवेश गरेको सहजै जानकारी होस् भन्ने हृतुले स्वागत बोर्ड राखिएको अध्यक्ष भट्टराईले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *