बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सोमबार वडाका किसानहरुका लागि स्प्रे मेसिन र एक चक्के ठेला उपलब्ध गराएको छ । १ सय ७९ जनालाई विद्युतीय स्प्रे मेसिन, हाते स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराइएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । १०० जनालाई ठेला, ४१ जनालाई विद्युतीय स्प्रे तथा ३८ जनालाई स्प्रे वितरण गरिएको हो ।
५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडा सचिव सञ्जय राईले जानकारी दिए । वडाले ती सामग्री वितरणका लागि केही महिनाअघि सूचना जारी गरेको थियो । सूचनाका आधारमा रकम जम्मा गरेका किसान, कृषि समूहलाई सामग्री वितरण गरिएको बताइएको छ ।
मिति २०७९ चैत्र १ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित