बुद्धशान्ति १ को किसान लक्षित निर्णय : गाईभैँसीका लागि निशुल्क एआई, पशुबिमाको आधा शुल्क बेहोर्ने, क्याल्सियममा सहुलियत

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं-१ ले वडाका किसानले पालेको गाई र भैँसीका लागि निशुल्क एआई (कृतिम गर्वाधान) सेवा प्रदान गर्ने भएको छ ।

त्यस्तै पशुपालन गर्ने किसानलाई पशुबिमा गर्न अभिप्रेरित गराउने उदेश्यले आफूले पालेका गाई र भैँसीको बिमा गर्न चाहने किसानका लागि बिमा शुल्कको आधा रकम वडाले नै बेहोर्ने भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

वडाले पशुपालनमा किसान ब्यवसायिक बन्न प्रोत्साहित हुन भन्ने उदेश्यले किसानले पालेको गाई र भैँसीको पशु विमा गरिने वडा बैठकमा निर्णय भएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । उनले हरेक किसानका वढीमा दुईवटा गाई र भैँसीको बिमा गर्न वडाले विमा शुल्कको आधा रकम बेहोर्ने जानकारी दिए ।

त्यस्तै पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजिकरण गरेको छ । अब वडा कार्यालयमा किसानले सहुलियत दरमा पशुका लागि क्याल्सियम पनि पाउने छन् । आ।व। २०८९र८० को बजेट कार्यान्वयनमा आउने बित्तिकै यी योजना संचालनमा आउने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *