बुद्धशान्ति / झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ ले आज एक कार्यक्रमको आयोजना गरी वडाका नागरिकहरूलाई इनडक्सन चुलो वितरण गरेको छ।

बढ्दो सिलिण्डर ग्यासको प्रयोगलाई न्यूनिकरण गर्दै वायोग्यास तथा विजुलीको प्रयोगमा नागरिकलाई प्रोत्साहन गरी नागरिकको दैनिकिमा आउने खर्चलाई कटौती गर्ने अभिप्रायले वडाले उर्जा क्षेत्रमा सहुलियत योजना ल्याइरहेको वडा अध्यक्ष अनिल वाग्ले बताएका छन् ।

वडाले सुचना मार्फत आवेदन माग गरेको थियो । आवेदन दिएका नागरिकहरु मध्येबाट ५० प्रतिशत रकम जम्मा गर्ने नागरिकहरुलाई ५० प्रतिशत अनुदानमा इन्डक्सन चुल्हो वितरण गरिएको जनाइएको छ ।
