बुद्धशान्ति । झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर ३ मा युवा संघ गठन भएको छ ।
वडा अधिवेशनले गोबिन्द लेप्चाको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष सुरज चेम्जोङ सचिव उमेश आचार्य गरि ३५ सदस्यीय रहेका छन् ।
युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा , प्रमुखअतिथि नेकपा एमाले झापा जिल्ला सदस्य तथा बुद्धशान्ति इन्चार्ज योगकुमारी पराजुली झापा जिल्ला सदस्य तथा सहइन्चार्ज टीका पाठक नेकपा एमाले बुद्धशान्ति अध्यक्ष नेत्र रिजाल उपाध्यक्ष तथा बुद्धशान्ति गा पा वडा न ७ का वडाध्यक्ष शम्भु पौडेल गापा एमाले सचिब धरणीधर पोख्रेल सहसचिव तथा युवा फाँट इन्चार्ज गुणराज अर्याल, बुद्धशान्ति गापा उपाध्यक्ष मिरा भूर्तेल लगायतको आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य गुणराज अर्याल , टीका पाठक र योगकुमारी पराजुलीले गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य युवा संग गाउँ कमिटि सहसंयोजक टीका अधिकारीले राखेको कार्यक्रमको संचालन युवा संघ गाउँ कमिटी सहसंयोजक अरुण थेबेले गरेका थिए।