पालिका सन्देश । झापाको बुद्धशान्ति ४ मा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर राय तथा जग्गादाता यदुमाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बुद्धशानित–४ बर्नेको आर्थिक बर्ष २०७७÷०७८ मा पूर्व जनप्रतिनिधि अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको पालामा निर्माण सम्पन्न भएर सञ्चालन हुन विभिन्न कारण ले रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र बर्नेको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेल, अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, निर्माण समिति, आर्थिक समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो । सोही अवसरमा जग्गा दाता, चन्दा दाताहरु समेत सम्मान गरिएको थियो ।