बुद्धशान्ति । माघे संक्रान्तिको अवसर पारेर झापाको बुद्धशान्ति ५ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । बुद्धशान्ति ५ आयबारी स्थित ज्योति किर्तन मण्डलीले जेष्ठ नागरिक तथा अशक्त बुबाआमालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
मण्डलीकी अध्यक्ष बिनु दाहालको सभापतित्वमा भएको कार्यक्रममा मण्डलीका उपाध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए। माघे संक्रान्तिको अवसर पारेर स्थानीय ६ जना जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको सचिव खगेन्द्र आचार्यले बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पवित्रा भेषराज प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले कीर्तन मण्डलीको खुलेर प्रशंसा गरेका थिए । ज्योति किर्तन मण्डलीका सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा पाँचपोखरी सामुदायिक वनका अध्यक्ष चेतन आचार्य, अतिथिका रुपमा भास्कर कीर्तन मण्डली मेनपा १० की उपाध्यक्ष रूपा दाहाल , बुद्धशान्ति ५ की वडा सदस्य रिता चौधरी लगायतको उपस्थित रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन मण्डलीका सचिव खगेन्द्र आचार्य गरेका थिए ।