बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं -६ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त सामग्री वितरण गरिएको छ । वडा कार्यलयबाट बिनियोजन भएको रकमबाट सुत्केरी तथा गर्भवती महिलाहलाइ पौष्टिक तत्त्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले बताएका छन् ।
आज एक कार्यक्रमको आयोजना गरी १५ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण सामग्री प्रदान गरिएको हो । यस अघि पनि १४ जना महिलाहरुलाई पोषण सामग्री वितरण गरिएकोवडा सदस्य रेणुका भट्टराईले पालिका सन्देशलाई बताएकी छिन् ।
यो सुविधा वडाको आधारभूत स्वास्थ्य केन्द्रमा गर्भजाँच गराएका महिलाहरुलाई मात्रै प्रदान गरिएको स्वास्थ्य सेवा केन्द्रका प्रमुख अर्जुन कुईकेल(ईन्द्र)ले बताएका छन् । उनका अनुसार यो सुविधा पाउन कम्तिमा चार पटक स्वास्थ्य केन्द्रमा गर्भ जाँच गरेको हुनुपर्नेछ ।
प्रदान गरिएको पोषणयुक्त खानेकुराहरुमा घ्यू, मह, मुङ दाल, मुसुरी दाल, आर्युवेदिक औषधि लगायत रहेको छ । यो कार्यक्रम आगामी बर्ष पनि सञ्चालन गरिने वडा अध्यक्ष पौडेलले बताए । उनले शान्तिनगर स्वास्थ्य चौकीमा सुत्केरी गराउन जानेको संख्या कम हुँदै गएकाले त्यहाँ सुत्केरी गराउने माहिलाहरुलाई व्यक्तिगत रुपमा हौसला स्वरुप एकहजार रुपैँया पनि दिने जनाएका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य दिनेश लेप्चा, वडा सदस्य प्रमिला परियार, रमा अधिकारी र लोक बहादुर राई, वडा सचिव प्रकाश तामाङ , त्यस्तै ३ नं टोल संयोजक महेन्द्र ढकाल, महिला स्वयंसेविका हिमादेवी दाहाल लगायतको उपस्थिति रहेको थियो ।