राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटिको निर्देशनअनुसार राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ती गाउँ कमिटिले आइतबार बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत स्थानीय तहको नीति, बजेट तथा कार्यक्रम तर्जुमामा युवाको सहभागिता सुनिश्चित गरिनुपर्ने माग गरिएको छ।




साथै, हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनबाट झापाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका कमरेड राज आङ्देम्बेलाई बधाई तथा शुभकामना दिने छोटो कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा बुद्धशान्ती गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।


