बुद्ध आदर्श माविमा पूनर्मिलन कार्यक्रमको तयारी पुरा

बुद्धशान्ति । नमूना विद्यालयका रुपमा स्थापित बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१, झापाले पूनर्मिलन कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । विद्यालयले फागुन ११ र १२ गते विद्यालयको प्राङ्गणमा बिद्यार्थी, शिक्षक तथा सरोकारवाला अग्रजहरूको पूनर्मिलन कार्यक्रमको आयोजना गर्ने तयारी पुरा भएको पत्रकार सम्मेलन गरी जनाएको छ ।

EPIC

पूनर्मिलन कार्यक्रमलाई सभ्य र भव्य वनाउन विभिन्न छ वटा उपसमितिहरु निर्माण गरेर काम गरिरहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले बताएका छन् । उनले अतिथि सम्मान उपसमिति, तथ्यांक संकलन उपसमिति, मञ्च तथा चियानस्ता उपसमिति, साहित्य उपसमिति, प्रचारप्रसार उपसमिति र विद्यार्थी परिचालन उपसमिति गरी विभिन्न उपसमिति बनाइएकाले पनि कार्यक्रको आयोजना गर्न सहज भएकाले तयारी पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।

EPIC EPIC EPIC

वि.सं. २०१७ सालदेखि हालसम्मका विद्यालय सञ्चालन समिति, व्यबस्थापन समितिमा रही काम गरेका ७५ वर्ष माथिका महिला अग्रज तथा ८० वर्ष माथिका अग्रजहरुलाई सम्मान समेत गरिने कार्यक्रम संयोजक एवम् पूर्व प्रधानाध्यापक धनबहादुर श्रेष्ठले बताएका छन् । उनले विद्यालयको स्थापनाकाल देखि हालसम्म दिवंगत हुनुभएका अग्रजहरुलाई स्मरण गर्दै निजको परिवार सदस्यलाई पनि सम्मान गर्ने तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा बताएका छन् ।

साथै विद्यालयको स्थापनाकालदेखि हाल सम्मका विद्यालयका साहित्यकारहरुको साहित्य गोष्ठी समेत गरिने साहित्यक उपसमितिका संयोजक टंक काफ्ले विकल्पले बताएका छन् । उनले दुवै दिन आधा आधा गरी कार्यक्रम गरिने बताएका छन् । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न र पूर्व विद्यार्थीहरुलाई सकेसम्म सबैलाई समेट्न तीब्र रुपमा प्रचारप्रसार गरिरहेको विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीले बताएका छन् ।

२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १ हजार ६०० बढी विद्यार्थी अध्ययनरत छन् । ११ र १२ तर्फ मानविकी, शिक्षा, व्यबस्थापन र विज्ञान संकायमा पठनपाठन भइरहेको छ । २०७५ सालमा देशभरीका नमूना विद्यालयको रुपमा समेत छनोट भएको यस विद्यालयले गर्ने पूनर्मिलन कार्यक्रममा करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
4
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *