बुधबारे । सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति–४ को मंगलबारे बजार र वडा न.२ को जयपुर बजारमा लागुऔषध न्यूनीकरण लगायत विविध बिषयमा सचेतना जगाउने उद्येश्यले कचहरी सडक नाटक देखाईको छ ।

संस्थाका अध्यक्ष धरणीधर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, वडाध्क्ष, कार्यपालिका तथा वडा सदस्य, प्रहरी,विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो । परिवर्तन थिएटर काकरभिट्टाको सहकार्यमा नाटक प्रस्तुत गरिएको हो ।