बुद्धशान्ति। पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि बिदेशिने युवाको लर्को नै लाग्ने गरेको छ । उच्चशिक्षा पढ्न जापान, कोरिया, अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरू पनि दिनानुदिन बढिरहेका छन् ।
बिदेश अध्ययनका लागि जाने विद्यार्थीका लागि झापाको बुधबारेमै एक कन्सल्टेन्सी खुलेको छ । आजबाट एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बुधबारेको बिच चोक साथी मार्ट्को दोस्रो तल्लामा सन्चालनमा आएको छ ।
कन्सल्टेन्सिका संचालक पारस खतिवडाका अनुसार विद्यार्थीलाई जापान, कोरिया जस्ता विभिन्न देशहरुमा अध्ययनका लागि जान भाषाका साथै आवश्यक कागजी प्रक्रिया पूरा गर्न स्थानीयस्तरमा बुधबारेमै कन्सल्टेन्सि खोलिएको बताए ।