बुधबारेमा टिभिएसको एक्स्चेन्जमेला, पुरानो ल्याउनुहोस्, नयाँ लैजानुहोस्

बुधबारे । झापा बुद्धशान्ति-१ बुधवारे पुलचोकमा रहेको टिभिएस कम्पनिको आधिकारिक बिक्रेता डिलर एम डि ट्रेडले पुरानो बाईक तथा स्कुटी एक्स्चेन्ज मेला सञ्चालन गरिरहेकाे छ ।

चाडपर्व लक्षित उक्त मेलामा विभिन्न अफर समेत दिईने कम्पनीले जनाएको छ । बुधवारको लागि आधिकारिक बिक्रेता एम डि ट्रेडले बुधवारे बजारको पुल चोकमा कात्तिक १९ गतेदेखि २५ गतेसम्म एक्स्चेन्ज मेला सञ्चालन गर्ने जनाएकाे छ ।

EPIC EPIC EPIC EPIC EPIC

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ । यस्तै थप उपहारमा हेल्मेट ब्याग र बाइक कभर ग्राहकलाई दिने जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *