बुधबारेमा दाह्री ग्याङको रक्तदान, ७० पिन्ट रगत संकलन

बुद्धशान्ति । दारी ग्याङ झापाको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे तल्लो चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको छ ।

EPIC EPIC EPIC

उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा नं १ का अध्यक्ष अनिल वाग्ले, वडा नं ५ का अध्यक्ष डेगेन्द्र कार्की ,वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्याल ,वडा नं ७ का वडाध्यक्ष चन्द्र प्रसाद भण्डारी ,नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई , बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष दिपक सापकोटा , सशस्त्र बेस क्याम्प टिमाई प्रमुख बिजय महतो, ट्राफिक प्रहरी प्रमुख बुद्धशान्ति लिला श्रेष्ठ ,ससामाजिक ब्याक्तित्वहरु चक्र शेर्मा, मनेश दाहाल , मदन प्रसाईं , मनोरथ तिवारी , हेमन्त बराल, बुधबारे जेसीज प्रतिनिधि सुजित बराल, गजुहाङ योङहाङ, सहित संचारकर्मी, दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल ,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो।

दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य रामजंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गरेका थिए । कार्यक्रममा ७ महिला सहित ७० जनाले रक्तदान कार्यमा सहभागिता रहेको प्रति आयोजकले सोचे भन्दा उत्कृष्ट रगत पिन्ट संकलन भएको बताउदै दारी ग्याङ झापा गोकुल पौडेलले सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *