बुद्धशान्ति । आदर्श युवा क्लब बुद्धशान्ति ३ बुधबारेले वडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको यस वर्षको हाउजी खेल आज भव्य रुपमा सम्पन्न भएको छ ।
आजको समापन खेलमा बम्पर हाउसफुलमा बजाज पल्सर एन.एस मेटरसाइकल लगायत अन्य आठ विधामा ७ लाख ५० हजार बढीको पुरस्कार राशी वितरण गरिएको हाउजी खेल संयोजक दिपक सुब्बा थेवेले जानकारी दिए ।
आज भएको समापन खेलको बम्पर हाउसफुल पुरस्कार बुद्धशान्ति ३ निवासी स्मिता मगर, बुद्धशान्ति १ निवासी निर्देशन कोइराला, बुद्धशान्ति १ पवन कोइरालाले पाउन सफल भएका थिए । पुरस्कार विजेतालाई क्लबका पूर्वअध्यक्ष मनेस दाहाल, लोकराज ढुंगाना, वर्तमान अध्यक्ष मात्रिका श्रेष्ठ र उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेवेले पुरस्कार राशी तथा मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

यस वर्षको हाउजी खेलको समापनका अवसरमा आदर्श युवा क्लबले प्रथम पटक वि.स. २०५३ सालमा खेलाएको हाउजीका संचालक श्री राजेन्द्र न्यौपानेलाई समेत सम्मान गरिएको थियो भने न्यौपानेले आजको खेलको प्रथम अंक वाचन गरि खेलको सुरुवात गरेको क्लबका सचिव दूर्योधन सिह देवले बताए ।

आजको हाउजी खेलमा १२०० जना खेल प्रेमीहरुको सहभागीता रहेको र यस वर्षको हाउजी खेलमा संकलित रकम आगामी दिनमा बुद्धशान्तिमा खेलकुद विकास, युवाहरुको क्षमता विकास तथा अन्य समाजिक विकासको क्षेत्रमा सदुपयोग गरिने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए ।
तीन दशक देखि बुधबारेमा संचालन भइरहेको हाउजी खेललाई माया गरि खेलमा सहभागीता जनाउने सहभागीहरु, उचित मार्गदर्शन तथा सल्लाह सुझाव प्रदान गर्नुहुने क्लबमा पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, व्यवस्थापनमा सहयोग गर्ने क्लबका पदाधिकारी तथा सदस्य, खेल संचालन अनुमति दिने बुद्धशान्ति गाउँपालिका, आवश्यक शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी, यस क्षेत्रका राजनीतिक दल, अग्रज समाजसेवीहरु, हाउजी खेल संचलकको भुमिका निर्वाह गर्ने स्थानीय गोकुल पौडैल, सुचना तथा समाचार सम्प्रेषणमा सहयोग गर्ने स्थानीय संचार माध्यमहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत क्लबले विभिन्न गतिविधिहरुमा सहकार्य गर्ने हाउजी खेल संयोजक तथा क्लबका उपाध्यक्ष दिपक सुब्बा थेवेले बाताए ।
