बुधबारे । नेपालीहरुको महान पर्व दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर बुधबारेमा हाउजी सञ्चालन गरिएको छ । उक्त हाउजीको फाईनल भोलि सोमबार साँझ ५ बजेदेखि खेलाईने भएको छ ।

सामाजिक सेवाका साथै खेल क्षेत्रको बिकास गर्ने मुख्य उद्धेश्य राखेर आदर्श युवा क्लब बुधबारेको आयोजनामा खेल भइरहेको छ । अन्यत्र क्षेत्रमा व्यावसायीक रुपमै खेल खेलाइने भए पनि बुधबारेमा क्लबले खेलाडी उत्पादन गनुका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाईको क्लबका अध्यक्ष मनेश दाहालले बताएका छन्।
क्लबका सह-सचिव दुर्योधन देव सिंहका अनुसार भोली हुने खेलमा बम्पर हाउसफुलका रुपमा १५० सीसीको पल्सर मोटरसाईकल राखिएको छ । नौ वटा विभिन्न विद्यामा खेलाइने यस खेलमा नगद समेत जित्न सकिने छ ।

असोज १२ गते सुरु भएको खेल आजसम्म आइएपुग्दा खेल खेल्नेको संख्या उत्साहजनक बढेको क्लबका उपाध्यक्ष मात्रिका श्रेष्ठले बताए । उनले खेल खेल्न आउने सबैमा धन्यवाद दिँदै भोलिको खेलमा समेत सहभमगी हुन सवैमा आग्रह गरेका छन् ।फाइनल खेल खेल्न रु १ हजारको टिकट काट्नुपर्ने बताइएको छ ।

