बुधबारे। बुधबारे जेसिजको निर्माणाधिन भवनको पहिलो तल्ला पुरा भएसँगै दोश्रो तल्ला निर्माणको चासो बढेको छ।झन्डै १ बर्ष अघि शुरु भएको भवन निर्माणले यतिबेला तिब्रता पाएको छ।
शुक्रबार साझ जयपुरमा बसेको पुर्वाध्यक्षहरुको बैठकले भवन निर्माणका लागी जनही ५१ हजार प्रदान गर्ने घोषणा गर्यो।
पुर्वाध्यक्ष सँगै बुधबारे जेसिजका एक मात्र मानार्थ सदस्य जेसी दिपेन सिटौलाले एवं वर्तमान महासचिव जेसी अर्जुन ढकालले पनि सोहि रकम बराबर सहयोग गर्ने घोषणा गरे।
पुर्वाध्यक्षहरु जेसी रमेश बराल,फडिन्द्र चापागाईं, अतुल प्रसाईं, सेमन्त पोखरेल,हेमन्त बराल, नन्दकुमार याफु राई, अनिल वाग्ले र प्रकाश भण्डारीले सामुहिक रूपमा यस्तो घोषणा गरेका हुन।
भवन निर्माण समितिका सयोजक एवं चखेवा होटल बुधबारेका संचालक नन्दकुमार याफु राइले अबको केहि महिनामै जेसिजले आफ्नै भवन पाउने विश्वास ब्यक्त गरे।
उनका अनुसार बुधबारे जेसिजका कोषाध्यक्ष बिनोद रिजालले १ लाख र उपाध्यक्ष रुद्र निरौलाले ६० हजारबराबरको सामाग्री सहयोग गरेका छन्।
बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले पुर्व अध्यक्षहरुको सहयोगले हौसला थपिएको बताए।
उनले सबै क्षेत्रबाट सहयोग प्राप्त भइरहेको र कतिपय व्यक्ति र सँस्थाबाट बोलिएका रकम संकलन हुने क्रम जारी रहेको समेत जानकारी दिए।


















