बुधबारे जेसिजले राख्यो दर्जन बढि सुचनामुलक होडिङ्बोर्ड

बुधबारे जेसिजको एक हप्ते कार्यक्रम ‘जेसिज सप्ताह’ को तेश्रो दिन,मंगलबार पनि एक कार्यक्रम सम्पन्न भएको छ।

बुद्धशान्ति २ जयपुर चोक आसपास सुचनामुलक होर्डिङ बोर्ड राख्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक प्रेम गौतमले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

आदर्श मावि जयपुरका शिक्षक अभिभावक संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हरिराज कडरियाले बोर्ड बाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

उद्घाटनमा बोल्दै अध्यक्ष कडरियाले बुधबारे जेसिजले पछिल्ला दिनहरुमा आम मानिसका दैनिकीसँग जोडिएकोमा बुधबारे जेसिजलाई धन्यवाद दिएका थिए।

बिधालय क्षेत्रमा बिद्यार्थीसँग समबन्धित बोर्ड राखिएका छन् भने बजार क्षेत्रमा सवारी गति कम गर्न सुझाव दिने सुचना राखिएका छन्।
कार्यक्रममा बोल्दै बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले स्थानीय सरकारले संचालन गर्ने बिकास निर्माणका काममा हातेमालो गर्दै समाजमा टेवा पुर्याउने प्रतिवद्दता ब्यक्त गरेका थिए।
उनले आम मानिसको चेतना वृद्धिका लागी कार्यक्रम तय गरिएको उल्लेख गरेका थिए।

कार्यक्रममा बुधबारे जेसिजका निवर्तमान अध्यक्ष एवं वडा नम्बर १ का वडाध्यक्ष जेसी अनिल वाग्ले,पुर्व अध्यक्षहरु जेसी रमेश बराल,र जेसी नन्दुयाफु राई मानार्थ सदस्य जेसी दिपेन सिटौला लगायत जेसिसका अन्य पदाधिकारीको उपस्थिति रहेको जेसिज सप्ताहका मुल संयोजक जेसी रुद्र निरौलाले जानकारी दिए।
कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव जेसी अर्जुन ढकालले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *