बुद्धशान्ति । बुधबारे जेसिजले बुद्धशान्ती ३ स्थित अन्जुमन मदरसालाई कार्पेट र म्याट सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
धार्मिक सहिष्णुताको सन्देश दिदै उक्त कार्यक्रम संचालन गरीएको बुधबारे जेसिजका नवनियुक्त अध्यक्ष मुकेश भट्टराईले बताए।
“बुधबारे जेसिज सबै जात,बर्ग,धर्म र समुदाय प्रती समभाव राख्छ,हामी सबै मानवजाती समान छौं”, कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने।
बुधबारे जेसिजका कार्यकारीणि उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रुद्र निरौलाले सबैका भर-अभरमा बुधबारे जेसिज मलम पट्टि लगाउन तत्पर रहेको उल्लेख गरेका थिए।
उनले भने, ” हामी समुदायका सके सम्म सबैको सहयोगी बन्न चाहान्छौ र यसको शुरूवात मदरसाबाट भएको छ”।
मदरसाको भवनमा भएको कार्यक्रममा बुधबारे जेसिजका पुर्व अध्यक्ष नन्दुयाफु राइले शुभकामना मन्तव्य राखेका थिए।
मन्तव्य राख्ने क्रममा राईले मदरसाका विद्यार्थीहरु पनि भबिष्यका जेसि हुन सक्ने बताए।
मदरसाका शिक्षक जाफर मियाले बुधबारे जेसिजको सहयोगले बिद्यार्थीहरुलाई हौसला मिल्ने बताए। मदरसाका शिक्षक,स्थानिय लगायतको सहभागीता थियो।