बुद्धशान्ति(पालिका सन्देश)– बुधबारे जेसीजको १२औं बार्षिक साधरणसभा मङ्सिर २२ गते देखी २४ गते सम्म बुधबारेमा हुने भएको छ।
साधारणसभा मार्फत सस्थाले नयाँ पदाधिकारी निर्वाचित गर्ने बुधबारे जेसीजका नि-वर्तमान अध्यक्ष जेसी अनिल वाग्लेले बताए। गत शुक्रबार श्रीअन्तुमा सम्पन्न जेसीजको अन्तिम तथा चौथो बोड बैठकबाट यस्तो निर्णय गरिएको वाग्लेले जानकारी दिए।
उनका अनुसार २२गते उम्मेदवारी दर्ता,२३ गते निर्वाचन प्रक्रिया र २३ गते नयाँ पदाधिकारीको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।जेसीजमा निवर्तमान अध्यक्ष निर्वाचन आयुक्त हुने प्रावधान रहेको छ।
बर्तमान अध्यक्ष जेसी मुकेश भट्टराईको अध्यक्षतामा बसेको अन्तिम बोर्ड बैठकले साधरणसभा सँगै भवन निर्माणलाई पुर्णता दिने र राष्ट्रिय सम्मेलनमा सहभागिता बारे समेत निर्णय गरेको छ।
बैठकमा बुधबारे जेसीजका पदाधिकारी,पुर्वाध्यक्षहरु जेसी प्रकाश भण्डारी,जेसी हेमन्त बराल,जेसी रमेश बराल,जेसी नन्दकुमार याफु राई, निवर्तमान अध्यक्ष अनिल वाग्ले,मानार्थ सदस्य जेसी दिपेन सिटौला लगायतको उपस्थिति रहेको थियो।
बर्ष २०२३मा नेतृत्व कसले गर्दैछ?
एक बर्ष, एक पद, एक कार्यकाल रहेको जेसिजमा आगामी बर्ष कसले नेतृत्व गर्छ भन्ने चर्चा यतिबेला सर्वत्र चलिरहेको छ। बुधबारे जेसीजमा यतिबेला अध्यक्ष पदका लागी ३ जनाको दाबेदारी रहेको छ।
संस्थापक सदस्य जेसी दुर्योधन देव, बर्तमान महासचिव जेसी अर्जुन ढकाल र कार्यकारीणि उपाध्यक्ष जेसी सुजित बराल प्रारम्भिक रुपमा अध्यक्ष पदका लागी प्रतिस्पर्धामा रहेका छन्। आसन्न साधरण सभाले त्यसबारे टुङ्गो लगाउने पुर्वाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।



















