बुधबारे जेसीजको ‘जेसीज सप्ताह’ भोलीदेखि

बुद्धशान्ति (पालिका सन्देश) । बुधबारे जेसीजको ‘जेसीज सप्ताह’ भोलि शनिबारदेखि सुरु हुने भएको छ । जेसीजको बोर्ड बैठकको निर्णय बमोजिम विभिन्न कार्यक्रमहरु गर्दै जेसीज सप्ताह मनाउने तयारी पुरा गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी बुधबारे जेसीजले जनाएको छ ।


पत्रकार सम्मेलनमा बुधबारे जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सुजित बरालले भोलि शनिबार देखि जेसीजको सप्ताहव्यापी कार्यक्रम हुने जनाएका छन् । उनका अनुसार सप्ताहभित्र जेसीज सप्ताह उद्घाटन, उद्घोषण तथा वाक कला, बुधबारे जेसीज २०२४ मा रोपिएका बोटविरुवा तथा फुलको संरक्षण र हस्तान्तरण, ट्राफिक सचेतनासंगै चिन्ह निर्माण कार्यक्रम, केरियर डेभलपमेन्ट तालिम र पत्रकार र जेसीजबिच मैत्रीपूर्ण फुटवल प्रतियोगितासंगै सप्ताह समापन गरिने बताएका छन् ।

EPIC EPIC EPIC


कातिक २९ गतेदेखि मंसिर ४ गतेसम्म हुने सप्ताहव्यापी कार्यक्रममा जेसीजका विभन्न पदाधिकारीहरुलाई जिम्मेवारीसहितको संयोजक समेत तोकिएको छ । कार्यक्रम मुल संयोजकमा जेसी अनिल घिमिरे रहेका छन् । त्यस्तै, अन्य कार्यक्रमको संयोजकत्वमा जेसी तारकेश्वर गुप्ता, जेसी भेषराज राई, जेसी अच्युतराज ढकाल, जेसी कुशल अधिकारी, जेसी राज पौडेल, जेसी गजुहाङ योङ्हाङ र जेसी सोमनाथ भट्टराई रहेको बुधबारे जेसीजका महासचिव जेसी कृष्ण ढकालले बताएका छन् ।


पत्रकार सम्मेलनमा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष दुर्याधन सिंह राजपुतले जेसीज सप्ताह जेसीजकर्मीका लागि महान चाड, उत्सव भएको बताउँदै सप्ताहमा समाजमा सकारात्मक सन्देश हुने किसिमको कार्यक्रम हुने बताएका छन् । उनले यो महान कार्यक्रमलाई सभ्य र भव्य बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।

पत्रकार सम्मेलन बुधबारे स्थित तेन्जिङ नोर्गे होम स्टेमा भएको थियो । पत्रकार सम्मेलनमा जेसीजका पदाधिकारी , कार्यसमितिका पदाधिकारी लगायतको उपीथति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *