Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा तीनजनाको दावेदारी

पालिका सन्देश । बुधबारे जेसीज बर्ष २०२५ का लागि हिजो र आज मनोनयन दर्ता गरिएको छ । आफ्नै सचिवालय भवनमा मनोनयन सम्पन्न भएको निर्वाचन आयुक्त अर्जुन ढकालले बताएका छन् । मनोनयनका क्रममा बर्ष २०२५ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जेसि गजुहाङ योङ्हाङ, जेसि कुशल अधिकारी र जेसि सुजित बरालको उम्मेदवारी परेको हो ।

त्यस्तै कार्यकारिणी उपाध्यक्ष २ पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ । जेसि अच्युत राज ढकाल, जेसि प्रेम प्रसाद गौतम
र जेसि उमेश भट्टराईको उम्मेद्वारी परेको हो ।

EPIC

उपाध्यक्ष ४ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । जेसि भेसराज राई, जेसि स्मिता ठकुरी, जेसि विजय धिमाल , जेसि तार्केश्वरनाथ शाह र जेसि विजय राईको उम्मेद्वारी रहेको बुधबारे जेसीजका वर्ष २०२४ का निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त जेसि अर्जुन ढकालले बताएका छन् ।

उम्मेद्वारि दिनुहुने सम्पुर्ण उम्मेद्वारहरुलाई बुधबारे जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष जेसि दुर्योधन सिंह राजपुत देवले शुभकामना व्यक्त गर्दै सबैलार्इ विजयको शुभकामना दिएका छन् । निर्वाचन सम्बन्धि बाँकी प्रक्रिया बुधबारे जेसीज वर्ष २०२४ को वार्षिक साधारण सभा पश्चात् अगाडी बढ्ने निर्वाचन आयुक्तले बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *