Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको पद हस्तान्तरण

बुधबारे (पालिका सन्देश) । बुधबारे जेसीजको एघारौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष जेसी अर्जुन ढकालले नव–निर्वाचित अध्यक्ष जेसी दुर्योधन देव सिंह राजपुतलाई जेसीज चेन लगाएर हस्तान्तरण गरेका हुन् ।

अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दुर्योधन देव सिंह राजपुतले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका छन् । उनले बुधबारे जेसीजलाई माटोले सुहाउने जेसीज बनाउने बताएका थिए । उनले वर्ष २०२४ को बोर्ड समितिलाई पूर्णता दिँदै विभिन्न पदाधिकारीलाई मनोनयन समेत गरेका थिए ।

EPIC EPIC

बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षतमा तथा कोशी प्रदेश प्रदेशसभा सदस्य माननीय सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष सेमन्त पोखरेल, प्रकाश भण्डारी, हेमन्त बराल, नन्दुयाफु राई, अनिल वाग्ले, निवर्तमान अध्यक्ष मुकेश भट्टराई लगागतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, जनप्रतिनिधि, सल्लाहकार, विभिन्न शाखाका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, जग्गादाता, जेसीजका सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय रामजानकी मन्दिरको सभाहलमा कार्यक्रममा वर्षभरी जेसीज अभियानमा जोडिने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । वर्ष उत्कृट सञ्चारकर्मीमा ज्ञानु भट्टराई, जेसीज अफ दि इयर सुजित बराल र बर्ष उत्कृष्ट जेसीका रुपमा अनिल घिमिरेलाई सम्मान गरिएको थियो । हरेक महिना उत्कृष्ट कार्य गर्ने जेसीहरुलाई समेत जेसीज अफ द मन्थ अवार्डले सम्मान गरिएको थियो ।

जेसी कृष्ण ढकालको संयोजकत्वमा भएको कार्यक्रममा जेसी विनोद रिजालले जेसीज आस्था पाठ गरेका थिए भने सञ्चालन वर्ष २०२३ का महासचिव कुशल अधिकारी र वर्ष २०२४ का महासचिव गजुहाङ योङ्हाङले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *