बुधबारे जेसीजद्वारा आँखादान गर्ने अभियान शुरु, आँखाको नानी दान गर्नेको नामावली संकलन गर्दै

बुधबारे । नेपालमा आँखा दान गर्ने प्रचलनको शुरुवात धेरै अगाडिदेखि नभए पनि अहिले निकै फस्टाइसकेको छ । शुरु-शुरुमा आँखा दान गर्न चाहनेहरूको संख्या औंलामा गन्न सकिन्थ्यो तर अबको स्थिति भने त्यस्तो छैन । बिस्तारै आँखा दान महादान हो भन्ने सबैले बुझ्न थालेका छन् ।
यसैक्रममा बुधबारे जेसीजले मृत्युपछी आँखाको नानी दान गर्न इच्छुकको नामावली संकलन गर्न थालेको छ ।’दृष्टि सबैको होस् सबैले संसार देख्न पाउन’ भन्ने उदेश्यका साथ मृत्युपछी आँखाको नानी दान गर्नेको नामावली संकलन गर्न थालिएको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले बताएका छन् ।


उनले इच्छुकलाई महादानमा सरिक हुन अपील पनि गरेका छन् । आज बुधबारेमा आयोजित एक कार्यक्रममा आँखाको नानी दान, यसको उपयोगिता र मृत्युपछी मृतकको आँखाको नानी कसरी झिक्ने गरिन्छ भन्ने विषयमा जानकारी दिँदै बुधबारे जेसीजले आगामी एक साता सम्म आँखाको नानी दान गर्नेको नामावली संकलन गरिने बुधबारे जेसीजका महासचिव अर्जुन ढकालले जानकारी दिए । उनले इच्छुकलाई बुधबारे जेसीजसँग सम्पर्कमा आइदिनुहुन अनुरोध गरेका छन् ।

EPIC EPIC EPIC
No description available.


बुधबारे जेसीजको आयोजना, दुर्गा चन्द मेमोरियल ट्रस र मेचीनेत्रालय मेचीनगरको सहयोगमा भएको सो कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको सभापतित्व बुद्धशान्ति १ का वार्ड अध्यक्ष भीमकुमार नेवारको प्रमुख आतिथ्यमा भएको थियो ।


दुर्गा चन्द मेमोरियलका प्राबिधिक ज्याक पोख्रेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा मेचीनेत्रालयका अमित श्रेष्ठ, बुधबारे जेसीजका निबर्तमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष अतुल प्रसाईं, रमेश बराल, नन्दकुमार याफु राई लगायतको आतिथ्यता रहेको कार्यक्रममा जेसीज आस्था कोषाध्यक्ष बिनोद रिजालले बाचन गरेका थिए ।


निबर्तमान अध्यक्ष अनिल वाग्लेले कार्यक्रमको उपयोगिता सहित औचित्य माथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि नेवारले जेसीजले धेरै राम्रो काम गरेको बताए । गजुहाङ योङहाङको संयोजक्त्वमा भएको कार्यक्रम महासचिव ढकालले संचालन गरेका थिए ।

नेपालमा आँखाको नानी ४० हजारलाई आवश्यक परेको छ भने हरेक बर्ष ८ हजारले आँखाको नानी माग गर्ने गरेको दुर्गा चन्द मेमोरियलका प्राबिधिक ज्याक पोख्रेलको भनाई छ ।

आँखा दानका बारेमा धेरैलाई भ्रम पनि हुन सक्छ। आँखा दान गर्ने भनेको आँखाको डल्लै दान गर्ने होइन। आँखाको कालो भाग (कर्निया) अर्थात् नानी प्रत्यारोपण गर्ने हो। मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *