बुद्धशान्ति। बुधबारे जेसीजले आज एक कार्यक्रमको आयोजना गरेर होली मिलन कार्यक्रमका बेला आयोजना गरेको फोटोसुट कार्यक्रमको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा बर्ष २०२५ को बार्षिक थिम सहितको टिसर्ट समेत वितरण गरेको छ ।
बुधबारे जेसीज बर्ष २०२५ का अध्यक्ष सुजित बरालको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं २ की कार्यवाहक वडा अध्यक्ष सञ्जु पौडेल प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेश्वरी विद्यालयको हलमा आयोजित कार्यक्रममा केही महिना अघि सम्पन्न गरिएको होली मिलन कार्यक्रमको फोटोसुट प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको संयोजन जेसी राज राज पौडेलले गरेका थिए । जेसीज आस्था पाठ जेसी सोमनाथ भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव कृष्ण ढकालले गरेका थिए । कार्यक्रममा समाजसेवी चन्द्रप्रसाद कोइराला र जेसीजका पूर्वअध्यक्ष नन्दकुमार याफु राईले शुभकामना मन्तव्य राखेका थिए ।