बुधबारे जेसीजद्वारा सहिदहरुको सम्झनामा दीप प्रज्वलन

बुद्धशान्ति – सहिदहरुको सम्झनामा झापाको बुद्धशान्तिमा दीप प्रज्वलन गरिएको छ। सहिद दिवसको अवसरमा पारेर आईतबार साँझ बुधबारे जेसीजले बुधबारे चोकमा दीप प्रज्वलन गरेर देशका लागि आफ्नो प्राण आहुति दिने सहिदहरुको सम्झना गरिएको हो।

बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजक तीर्थ तिम्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार याफू राई, जेसीजका पदाधिकारी, स्थानीय युवा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसीज आस्था गजुहाङ योङहाङले प्रस्तुत गरेका थिए भने संचालन महासचिव अर्जुन ढकालले गरेका थिए ।

जहानियाँ राणा शासनविरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते दिन सहिद दिवस मनाउने गरिएको छ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *