बुधबारे(पालिका सन्देश )- बुधबारे जेसीजले बुद्धशान्तिका १ सय ५० परिवारलाई किटनाशक झुल वितरण गरेको छ।
बुधबारे जेसीजका उपाध्यक्ष जेसी राज पौडेल र सदस्य दिनेश खतिवडाको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रम संचालक एवं महासचिव अर्जुन ढकालले जानकारी दिए।
बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर पारेर “जन्मदिन खास दिन” कार्यक्रम अन्तर्गत बिभिन्न गतिविधि संचालन हुँदै आएका छन्।
देशभर डेङ्यु संक्रमण बढेकाले सचेतना स्वरुप कार्यक्रम गरिएको कार्यक्रम संयोजक दिनेश खतिवडाले बताए। वडासँगको सहकार्यमा डेङ्यु प्रभावित क्षेत्रका १५० घर धुरीलाई बुधबारे जेसीजले झुल वितरण गरेको थियो।
बुधबारे जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लि ओली प्रमुख अतिथि थिए।
प्रमुख अतिथि ओलीले वडाले संचालन गर्नुपर्ने कार्यक्रम बुधबारे जेसिजले गरेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रमबारे प्रष्ट पार्दै उपाध्यक्ष बिष्णु लामिछानेले बर्ष भरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसीजको अभियान रहेको उल्लेख गरेका थिए।
जेसी सेमन्त पोख्रेलले स्थापनाकाल देखी नै आफ्ना कार्यक्रम मार्फत बुधबारे जेसिजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराएका थिए।
अध्यक्ष मुकेश भट्टराईले जन्मदिनमा सत्कर्ममा खर्च गर्ने बुधबारे जेसिजको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।
उनले भने,” हरेक मानिसको जन्मदिनले नयाँ कामका लागी प्रेरणा दिन्छ,यस्ता कर्मले एक-आपसमा सहयोगको भावना बिकास हुने हुँदा जन्मदिन मनाउने जेसीहरुलाई धन्यवाद दिदै निरन्तरताको प्रतिबद्धता ब्यक्त गर्दछु”।
कार्यक्रममा बुधबारे जेसिजका पदाधिकारी,मानार्थ सदस्य दिपेन सिटौला वडा नम्बर २का वडासदस्य बिक्रम बोहोरा, अमीर श्रेष्ठ ,नेपाल जेसिजका SDG Goal Programme co-ordinator तथा चाराली जेसिजका पुर्वअध्यक्ष उत्तम प्रसाद पकुवाल ,चाराली जेसिजका अध्यक्ष बिरु बेघा लगायत स्थानीय बासीको उपस्थिति थियो।
यस्ता कार्यक्रमलाई बुद्धशान्तिका अन्य क्षेत्रमा समेत निरन्तरता दिने अध्यक्ष भट्टराईले बताए।