बुद्धशान्ति(पालिका सन्देश) । झापा बुद्धशान्ति गाउँपालिका ३ का प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन २ को प्रतिस्पर्धामा छन् । उनी प्रतिस्पर्धामा टप १० मा पर्न सफल भएका छन् । उनले उत्कृष्ट प्रस्तुती दिएर आम दर्शकमाझ प्रिय बनेका छन् ।

कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनी अहिले भोटिङ राउण्डको चरणमा टप १० बाट थप प्रतिस्पर्धामा जान सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले आहिले आम देशवासीमाझ आफुलाई भोट गरेर अगाडि बढाउन अनुरोध गरिरहेका छन् ।
यता बुधबारे जेसीजले पनि उनलाई जिताउन अभियान नै चलाएर जिताउन लागि पर्ने जनाएको छ । आज बुधबारेमा एक कार्यक्रमको आयोजना गरी उनलाई जिताउनका लागि बुधबारे जेसीज परिवार नै आगाडि बढि रहेको बुधबारे जेसीज बर्ष २०२५ का अध्यक्ष सुजित बरालले बताएका छन् ।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेश्वरी विद्यालयको हलमा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ की कार्यवाहक वडा अध्यक्ष सञ्जु पौडेल समाजसेवी चन्द्रप्रसाद कोइराला, जेसीजका पूर्वअध्यक्ष नन्दकुमार याफु लगायतले प्रशान्त बुद्धशान्तिको मात्रै नभएर एउटा झापाकै शान भएकाले उनलाई जिताउन सबैले भोट गर्न आग्रह गरेका छन् ।
फोटोसुट कार्यक्रमको पुरस्कार वितरण
सोही अवसरमा होली मिलन कार्यक्रमका बेला आयोजना गरेको फोटोसुट कार्यक्रमको पुरस्कार वितरण गरिएको छ । साथै बर्ष २०२५ को बार्षिक थिम सहितको टिसर्ट समेत वितरण गरेको छ ।
कार्यक्रमको संयोजन जेसी राज राज पौडेलले गरेका थिए । जेसीज आस्था पाठ जेसी सोमनाथ भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव कृष्ण ढकालले गरेका थिए ।
उनलाइ भोट गर्न भोट गर्न के गर्ने ?
प्रशान्तलाइ भोट गर्न नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ 08 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुनेछ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सक्नुहुनेछ।
