बुबाको स्मृतिमा वृद्धवृद्धालाई सम्मान

बुबाकाे सम्झनामा गुल्मीमा छोराहरूले वृद्धवृद्धालाई सम्मान गरेका छन् । धुर्कोट गाउँपालिका–६ का स्व. बासबहादुर जिसीको सम्झनामा छोराहरू डा. विष्णुबहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी र दानबहादुर जिसीले वृद्धवृद्धालाई सम्मान गरेका हुन् ।

जिसी परिवारले धुर्कोट गाउँपालिकाका ८० वर्षमाथिका वृद्धवृद्धालाई पालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेकाे हाे । गाउँपालिकाको सभाहलमा गाउँपालिकाभित्रका ७० भन्दा बढी वृद्धवृद्धालाई खादासहित सम्मान पत्र र फलफूल वितरण गरिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

त्यही कार्यक्रमकै बासबहादुर जिसीको सम्झनामा लिखित ‘संस्मरण सङ्गालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्याे पुस्तक गएकाे असोज २८ गते काठमाण्डाैकाे सभागृहमा साहित्यकारद्वय शशि पन्थी र सूर्यबहादुर सेनले विमोचन गर्नुभएको थियो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जिसी परिवारले वृद्धवृद्धालाई गरेको सम्मानले उहाँहरूमा थप प्रेरणा र हौसला थपिएको बताउनुभयो । उहाँले धनभन्दा पनि मन ठूलो बनाएर गरिने यस्ता प्रकारका सामाजिक कार्यले सबैलाई प्रेरित गर्ने बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *