बुलेट आमाको आज मलेसियामा नेपाली राजदूतसँग भेट

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिका–३ की स्थायी बासिन्दा सुशीला उप्रेती तिवारी, जो “बुलेट आमा” को रूपमा चिनिनुहुन्छ, गत चैत ११ गते (March 24) देखि सुरु भएको चार राष्ट्रको एकल मोटरसाइकल यात्रामा हुनुहुन्छ।

काकडभिट्टा नाकाबाट भारत प्रवेश गरी बंगलादेश हुँदै मलेसिया, र अन्ततः थाइल्याण्डसम्म पुग्ने लक्ष्यसहितको यो यात्राले नेपाली महिलाको साहस, आत्मबल र स्वतंत्रताको एक अनुपम उदाहरण प्रस्तुत गरिरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

यात्राको क्रममा आजको दिन विशेष रह्यो, किनभने बुलेट आमाले मलेसियास्थित नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनासँग शिष्टाचार भेट गर्नु भयो। यो ऐतिहासिक भेट सामाजिक अभियन्ता श्री पुरूषोत्तम कार्की ढोलीज्यू र बिक्रम थेबेको सहजीकरण तथा समन्वयमा सम्भव भएको हो।

श्री पुरूषोत्तम कार्की ढोलीज्यूले बुलेट आमाको चार देशको यात्रा सफल होस् भन्ने शुभकामना दिँदै भन्नुभयो, “यात्राको हरेक पाइला नेपाली नारीको आत्मबल र उत्साहको प्रतीक हो।”

यात्रा सम्पन्न गर्नका लागि विविध चुनौतीहरू रहनेछन्, खानपान, स्वास्थ्य समस्या, सवारी व्यवस्थापन, तथा अपरिचित देशमा पर्ने कठिनाइहरू। तर बुलेट आमाको आत्मविश्वास, अनुभव र प्रतिबद्धताले ती सबै पार गर्ने विश्वास गरिएको छ।

बुलेट आमाले यो यात्रामा साथ, सहकार्य र सद्भाव देखाउने सबैलाई धन्यवाद व्यक्त गर्दै बिक्रम थेबे र पुरूषोत्तम कार्की ढोलीज्यू प्रति विशेष आभार प्रकट गर्नुभएको छ।

नेपालको परम्परागत महिलाको पोशाकमा यात्रा गर्दै विश्वभर रहेका नेपालीहरूलाई सन्देश दिइरहनु भएकी बुलेट आमाको भनाइ छ, “सपना पुरा गर्न साहस चाहिन्छ, अनि त्यो साहस हामी महिलाहरूमा पनि हुन्छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *