बुलेट राईको रिहाइको माग राख्दै आज र भोलि मेची राजमार्ग बन्दको घोषणा

कार्यकर्ता रिहाइको माग गर्दै दुई दिन मेची राजमार्ग बन्दको घोषणा गरिएको छ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज(बुधबार) र भोलि (बिहीबार) राजमार्ग बन्दको घोषणा गरेको हो ।

EPIC

सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पहिचानवादी नेता बुलेट किराँती (आन्जेश राई) को तत्काल रिहाइ माग गर्दै बन्दको घोषणा गरिएको जानकारी गराएको छ ।

EPIC EPIC EPIC

घुर्मी चिवाभञ्याङ बन्दको क्रममा पक्राउ परेका करिब ७० जना नेता कार्यकर्ता रिहाइको माग राख्दै गत मङ्सिर ३० र पुस १ गते सङ्घर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलाममा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा किराँतीलाई पक्राउ गरी झुटो मुद्दा लगाइएको सङ्घर्ष समितिको आरोप रहेको छ ।

नेता किराँती निर्दोष छ भनी तत्काल रिहाइको लागि पटक पटक प्रशासन पुग्दा पनि रिहाइको सट्टा झुटो मुद्दा दर्ता गरी षड्यन्त्र गरेकोले उनको रिहाइको लागि पुन मेची राजमार्ग बन्द गर्न बाध्य भएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *