बेमौसमी वर्षाले धान उत्पादन घट्यो, मूल्य नबढ्दा किसान चिन्तित

बेलबारी (मोरङ)-जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवले कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको बताइन् । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिइन् ।

EPIC EPIC EPIC

गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टन मात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्यांक छ ।

‘खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ,’ कृषिविज्ञ राजेन्द्र उप्रेतीले भने । उनले यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताए ।

बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब ६ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताए । धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित छन् ।

यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २ सयदेखि एक हजार ३ सम्म छ । गत वर्ष मङ्सिरमा प्रतिमन एक हजार ७ सयदेखि एक हजार ८ सयसम्ममा कारोबार भएको खत्रीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *