Search
Close this search box.
Search
Close this search box.

बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी

झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।

EPIC

घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण करिव ५ लाख बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको प्रहरीले अनुमान गरेको छ ।

आगो नियन्त्रण गर्न डेढ घण्टालागेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *