Search
Close this search box.
Search
Close this search box.

बेलबारीबाट १२ दिनअघि बेपत्ता लिम्बू शिवसताक्षीमा मृत भेटिए

झापा । कात्तिक १० गतेबाट मोरङको बेलबारीबाट बेपत्ता युवकको शव झापाको शिवसताक्षीमा फेला परेको छ । लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो ।

शवसंगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरु नआइपुगेकाले शवको पहिचान प्रष्ट भइनसकेको उनका भनाइ छ ।

EPIC EPIC EPIC

बिर्तामोडमा रहेका आफन्तहरु आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।

जंगलमा घाँस काट्न जाने महिलाहरुले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५ देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पूरै शरीर सडेको अवस्थामा छ ।

प्रहरीका अनुसार घटनास्थलमा कालो टिसर्ट, कालो जिन्सको पाइन्ट, निलो रंगको व्याग फेला परेको छ । व्यागभित्र गाँजा र मदिरासमेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोवाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *