Search
Close this search box.
Search
Close this search box.

बेलबारीमा सर्पको टोकाइबाट १० वर्षीया बालिकाको मृत्यु

बेलबारी – बेलबारी वडा नम्बर ४ र ५ को सीमाना पर्ने लिम्बु चौकमा १० वर्षीया बालिका भुमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको छ। घटनाले गाउँलाई शोकमा डुबाएको छ।

भुमिका कार्की बीएन एजुकेसन एकेडेमीमा कक्षा ४ मा अध्ययनरत थिइन्। आज बिहान ६:३० बजे ओछ्यान मिलाउने क्रममा उनलाई गोमन सर्पले टोकेको थियो। तत्काल स्थानीय सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिए पनि सुधार नभएपछि बिहान ८ बजे कोशी अस्पताल, विराटनगर पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

EPIC EPIC EPIC

सर्पदंशबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासी आतंकित भएका छन्। सर्पलाई भने स्थानीयले मारेका छन्। भुमिकाको परिवार मात्र नभई सिंगो गाउँ नै शोकमग्न छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *